images
images

राष्ट्रपति पौडेलबाट परराष्ट्रमन्त्री साउदले लिए शपथ


  • 220
    SHARES
  • २०८० बैशाख ३ गते आइतबार

    राष्ट्रपति पौडेलबाट परराष्ट्रमन्त्री साउदले लिए शपथ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् ।

    शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गण्शेप्रसाद तिमिल्सिना उपस्थित थियो। आजै मन्त्री साउदले मन्त्रालय पुगी पदभार सम्हालेका छन् ।

    कांग्रेस केन्द्रीय सदस्य साउद यसअघि २०७० सालमा सिँचाईमन्त्री र विसं २०५७ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री भएका थिए । कांग्रेस नेता साउँद २०५६ र २०७० साल मा कञ्चरपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा कञ्चनपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    २०३६ सालमा नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० सँग जोडिएर राजनीतिमा होमिनुभएका उनले २०४३ सालमा नेविसङ्घको उपसभापति हुँदै २०४८ सालमा केन्द्रीय सभापति भएका थिए । पिता खड्गसिंह साउद र माता कौशिल्यादेवी साउदको कोखबाट २०१९ साल साउन २५ गते  ९सन् ९ अगष्ट, १९६२० डडेल्धुरामा जन्मनुभएका उहाँको स्थायी ठेगाना कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ हो ।

    उनले भारत, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, संयुक्त अधिराज्य, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, फ्रान्स, जर्मनी, फिलिपिन्स, दक्षिण कोरिया, इजिप्ट, जापान, सिङ्गापुर, कतार, थाइल्याण्डलगायत देशको भ्रमण गरेका छन् ।

     


    images
    images

    Logo