images
images

नेपालमा ४ जना कोरोना सङ्क्रमित भेन्टिलेटर र ११ जना आईसीयूमा 


  • 191
    SHARES
  • २०८० बैशाख ३ गते आइतबार

    नेपालमा ४ जना कोरोना सङ्क्रमित भेन्टिलेटर र ११ जना आईसीयूमा 

    काठमाडौं । देशभर थप ९९ जना कोरोना भाइरसको सङ्क्रमित पुष्टि गरेको छ । १ हजार ६ सय ४ जनाको नमुना परीक्षण गर्दा पीसीआ विधिबाट ५० जना  तथा एन्टीजेन विधिबाट ४९ जनामा संङ्क्रमण पुष्ट्रि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    यही अवधिमा ५० जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ७७ पुगेको छ । हाल ३७ जना संस्थागत आइसोलेसनमा ११ आईसीयू तथा ४ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै १२ हजार  ५ सय ८७ जनाले कोरोविरुद्धको खोप पनि लगाएका छन् । 

     

     


    images
    images

    Logo