images
images

एक वर्षमा बागमती प्रदेशले ल्यायो १० ऐन र ५ अध्यादेश


  • 249
    SHARES
  • २०८० बैशाख ३ गते आइतबार

    एक वर्षमा बागमती प्रदेशले ल्यायो १० ऐन र ५ अध्यादेश

    काठमाडौं । वि.सं २०७९ मा बागमती प्रदेशले १० वटा ऐन र ५ वटा अध्यादेश जारी गरेको छ । राजपत्रमा सूची सार्वजनिक गर्दै प्रदेशले उक्त संख्याबारे जानकारी दिएको हो । त्यस्तै, यो अवधिमा २ आदेश, २ नियमावली, १ निर्देशिका, १२ कार्यविधि र २ मापदण्ड जारी गरिएको छ । 

    यो अवधिमा जारी भएका मध्ये बजेटसँग सम्बन्धित विनियोजन ऐन र आर्थिक ऐन तथा बाँकी ८ वटा ऐन छन् । जसमा प्रदेश पर्यटन ऐन, विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी (पहिलो संशोधन) ऐन, प्रदेश विपद् व्यवस्थापन (पहिलो संशोधन) ऐन, केही प्रदेश ऐन संशोधन गर्ने ऐन, प्रदेश सञ्चार माध्यम व्यवस्थापन (पहिलो संशोधन) ऐन, प्रदेश अनुसन्धान व्युरो ऐन, स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन र प्रदेश निजामती सेवा ऐन छन् । 

    यस्तै यो अवधिमा प्रदेश सरकारबाट ५ वटा अध्यादेश जारी भएका छन् । ती अध्यादेशहरुमा स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, प्रदेश निजामती सेवा अध्यादेश, प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) अध्यादेश, प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश, प्रदेश कृषि विकास अध्यादेश छन् । 


    images
    images

    Logo