images
images

अशोक राईलाई धरान छिर्न नदिने हर्क साम्पाङको चेतावनी, बालेनको समर्थन


  • 407
    SHARES
  • २०८० बैशाख २ गते शनिबार

    अशोक राईलाई धरान छिर्न नदिने हर्क साम्पाङको चेतावनी, बालेनको समर्थन

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी वर्षको बजेटमा धरानमा कोशीको पानी ल्याउने योजना नपरे अशोक राई लगायत सांसदलाई धरान छिर्न नदिने घोषणा गरेका छन् । फेसबुकमा पोष्ट राख्दै मेयर साम्पाङ बजेट पार्न नसक्ने सांसदको फोटोसहितको बोर्ड तीनकुनेमा राखेर प्रवेश निधेष गर्ने उनले चेतावनी दिएका हुन् । 

    उनले दोस्रो पोष्ट लेख्दै राई र प्रदेश सांसदहरु रमेश बस्नेत र विजय राईलाई सफल सांसद बन्ने कि नबन्ने हेर्न बाँकी रहेको समेत बताएका छन् । 

    मेयर साम्पाङको उक्त घोषणामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले समर्थन जनाएका छन् । ‘पूर्ण समर्थन... गर्ने नै यही हो,’ उनले भनेका छन् । 

    धरान सुनसरी क्षेत्र नं १ अन्तर्गत पर्छ । यो क्षेत्रबाट अहिलेका अशोक राई निर्वाचित सांसद हुन् । उनी हाल नेपाल सरकारका शिक्षामन्त्री हुन् । 

    Capture.JPG

     


    images
    images

    Logo