बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ । सियारी–४ दयानगर छपियास्थित अध्यक्ष घिमिरेको घर पछाडितर्फको पर्खाल बाहिर प्रेसर कुकर फेला बम परेको हो ।
अध्यक्ष घिमिरेले १० बजेतिर घरबाहिर निस्कने बेलामा तारबार जेलिएर राखिएको अवस्थामा प्रेसर कुकुर बम देखेका थिए । बम देखेलगत्तै उनले प्रहरीमा खबर गरेका थिए ।
अहिले नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।उनी नेपाली कांग्रेस रुपन्देहीका जिल्ला उपसभापति समेत हुन् । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजको तयारी गरिएको छ । बम कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।