images
images

सातामा ६७ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?


  • 280
    SHARES
  • २०८० बैशाख २ गते शनिबार

    सातामा ६७ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ६७.६८ प्रतिशत बढेर १ हजार ९ सय ३४ दशमलव ४७ विन्दुमा पुगेको छ । ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार उकालो लागेसँगै, नेप्सेले सो बराबरको अंक कमाएको हो।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण ४ प्रतिशत बढेको छ। गत साता २७ खर्ब ४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ९ अर्ब रुपैयाँ बढेर २८ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। नेप्से परिसूचक र कारोबार रकम दुवै बढेपछि नेप्सेको पूँजीकरण समेत बढेको छ ।

    साताको पहिलो दिन आइतबार २८ अंकले घटेको थियो । सो दिन १ अर्ब ११ करोड रुपैयाँ बराबर शेयर कारोबार भएको थियो । साताको दोस्रो दिन सोमबार ५.५४ अंकले बढेको थियो । सो दिन ९८ करोड ८० लाख रुपैयाँमा शेयर कारोबार भएको थियो । 

    त्यस्तै, साताको तेस्रो दिन मंगलबार २७.३१ अंकले बढेको थियो । सो दिन ९१ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार ९२ अंकले बढेको थियो । सो दिन १ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    विहीबार २९ अंकले बढेको थियो । सो दिन १ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.६६ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस साता सबैभन्दा कम १.८८ प्रतिशत घटेको छ। 

    यस साता कुल ८ कम्पनीको ५ करोड ७५ लाख ६८ हजार ८ सय ३५ दशमलव ४६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता सानिमा मिडिल तमोर, सगरमाथा जलविद्युत कम्पनी र मोलुङ्ग हाइड्रापावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो भने ङादी ग्रुप, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, युनियन लाइफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। 


    images
    images

    Logo