images
images

ट्राफिक प्रहरीको विशेष चेकिङ : लापसे गरी सवारी चलाउँदै गरेका ७ जना प्रहरीको नियन्त्रणमा 


  • 264
    SHARES
  • २०८० बैशाख २ गते शनिबार

    ट्राफिक प्रहरीको विशेष चेकिङ : लापसे गरी सवारी चलाउँदै गरेका ७ जना प्रहरीको नियन्त्रणमा 

    काठमाडौं । काठमाडौंको नागढुङ्गामा नयाँ वर्षको दिन गरिएको विशेष चेकिङका क्रममा लागु औषध सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालक सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागु औषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले शुक्रबार दिउँसो २० ओटा सवारी साधनका चालक तथा पछाडि सवार मानिसलाई चेक गर्दा ७ जनाले लागूपदार्थ सेवन गरेको पाइएको थियो  । 

    लागु औषध सेवन गरी सवारी साधन चलाइहरेको अवस्थामा फेला परेका ७ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । उनीहरूलाई थुनामा राखेर लागु औषध सेवनको मुद्दा चलाइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

    मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरूलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए तापनि पछिल्लो समय लागु औषध समेत सेवन गरेर सवारी साधन चलाउने चालकहरू भेटिन थालेपछि लागु औषध चेकजाँच अभियानलाई तीव्रताका साथ अगाडी बढाइएको छ ।  


    images
    images

    Logo