काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथी गोली प्रहार गर्ने प्रहरी सहायक हवलदार प्रकाश पुन मगरलाई प्रहरीले पक्राउ गरी प्रहरी हेडक्वाटर लगिएको छ ।
गए राति बालुवाटारमा ७४ वर्षीय तिर्थमाली पुन मगरलाई सहायक हवल्दार प्रकाश पुन मगरले गए राति १० बजेतिर निवासमा गएर गोली प्रहार गरेका हुन् । नेता पुनकी आमा ७४ वर्षीया तीर्थमाली पुनको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रकाशनेता पुनका नातेदारसमेत हुन् । रोल्पामा उनीहरु छिमेकी समेत भएको र हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् । आरोपीलाई पक्राउ गरेर प्रहरी प्रधान कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।