images
images

आइपिएलमा ह्यारी ब्रुकको पहिलो शतक, हैदरावादले कोलकातालाई हरायो


  • 224
    SHARES
  • २०८० बैशाख २ गते शनिबार

    आइपिएलमा ह्यारी ब्रुकको पहिलो शतक, हैदरावादले कोलकातालाई हरायो

    काठमाडौं । सनराइजर्स हैदरावादका ह्यारी ब्रुकको जारी आइपिएलमा पहिलो शतक प्रहार गरेका छन् । ब्रुकको सतककै मद्दतले हैदरावादले कोलाकाता नाइट राइडर्सलाई पराजित गरेको छ। 

    इन्डियन प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा हैदरावादले कोलकातालाई उसकै मैदानमा २३ रनले पराजित गरेको हो। जितका लागि २२९ रन लक्ष्य पाएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन मात्रै बनाउन सक्यो।

    कोलकाताका लागि कप्तान नितिस रानाले सर्वाधिक ७५ रन बनाए। ४१ बलको सामना गरेका उनले  ५ चौका र ६ छक्का प्रहार गरे। नारायण जगदिशनले २१ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ३६ रनको योगदान गरे। 

    अघिल्लो खेलको अन्तिम ओभरमा लगातार पाँच छक्का प्रहार गरेर चर्चामा रहेका रिंकु सिंहले हैदरावादविरूद्ध पनि उत्कृष्ट खेल्दै अर्धशतकीपारी खेल्दै नटआउट रहे। उनले ३१ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५८ रन बनाए।

    बलिङमा हैदरावादका म्याक्रो जनसेन र मयन्क मारकण्डेले दुई–दुई विकेट लिए भने भुवनेश्वर कुमार, नटराजन र उम्रन मलिकले एक–एक विकेट लिए।कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रनको उच्च योगफल तयार पारेको थियो। 

    हैदरावादका लागि ह्यारी ब्रुकले शतक प्रहार गरे। यो जारी सिजनको पहिलो शतक हो। ओपनर ह्यारीले ५५ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै नटआउट १०० रन बनाएका थिए । त्यस्तै कप्तान एडेन मार्क्रमले अर्धशतक बनाउन  २६ बलमा २ चौका र ५ छक्का प्रहार गरे। 

    अभिशेक शर्माले १७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै  ३२ रनको योगदान गरे भने हेनरिच क्लासेन ६ बलमा २ चौका र १ छक्काबाट १६ रन बनाउँदै अविजित रहे। बलिङतर्फ कोलकाताका आन्द्रे रसेलले तीन विकेट लिँदा वरूण चक्रवर्तीले एक विकेट लिए। 

    जितसँगै ४ अंक बनाएको हैदरावाद अंक तालिकाको सातौं स्थानमा छ। समान ४ अंक जोडेको कोलकाता रन रेटका आधारडमा चौथो स्थानमा छ।

     


    images
    images

    Logo