काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ ।सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ २७ पैसा कायम रहेको छ । शुक्रबार पनि डलरको मूल्य सोही रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ९ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६३ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ १९ पैसा रहेको छ।
