काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार स्वास्थ्थ तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको विवरण अनुसार नयाँ संक्रमितको संख्या १ सय ३७ जना पुगेको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १ हजार ४ सय २४ जना गरिएको नुमना परीक्षणमा १ सय ३७ जना नयाँ संक्रमित भेटिएको छ । जसमध्ये १ सय ९७ जनामा गरिएको आरटीपीसीआर परीक्षणमा ३४ जना र १ हजार २ सय २७ सय जनामा गरिएको एन्टीजेनमा १ सय २ जना संकमित भटिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म ४ सय १ जना सक्रिय सक्रिमित भटिएको छ । त्यस्तै ६४ हजार ८ सय ५७ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ ।