images
images

काठमाडौंमा आजदेखि अनलाइन नक्सापास प्रणाली सुरु


  • 236
    SHARES
  • २०८० बैशाख १ गते शुक्रबार

    काठमाडौंमा आजदेखि अनलाइन नक्सापास प्रणाली सुरु

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि अनलाइन प्रणालीबाटै नक्सापास गर्न सक्ने सेवा सुरू गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अनलाइन प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिने बताएका हुन् ।

    मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनलाइन प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घर नक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ । त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ ।’

    यसअघि २–३ महिना लाग्ने प्रक्रियालाई बढीमा २५ दिनमा छोट्याउने दाबी मेयर साहले गरेका छन् । उनले सर्भरको स्तरोन्नतिसहित सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको बताए । ‘यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्धति, आर्थिक अनियमितता लगायतको अन्त्य भई पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुनेछ’ उनले भनेका छन् ।

     

     

     


    images
    images

    Logo