images
images

७० को दशक : प्रमुख राजनीति दलले देखाएको चरम निराशा


  • 270
    SHARES
  • २०८० बैशाख १ गते शुक्रबार

    ७० को दशक : प्रमुख राजनीति दलले देखाएको चरम निराशा

    काठमाडौं । आजदेखि २०७० को दशक पूरा भएर नयाँ दशक सुरु भएको छ । २१ औं शताब्दीको समयमा हुनुपर्ने परिवर्तन र भएको परिवर्तनलाई मूल्यांकन गर्दा यो दशक नेपाली राजनीति र समग्र नेपालीको लागि सुखद् रहन सकेन । चरम निराशाकाबीचमा केही परिवर्तन पनि नभएका होइनन् । तर परिवर्तनको व्यग्र प्रतीक्षामा रहेका नेपालीको लागि यो दशक त्यति सुखद् भने रहन सकेन ।
     
    यो दशकको अन्तिमतिर गठन भएको ६ महीना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पाएको मतलाई कतिपयले अप्रत्याशित भनेका छन् त कतिले नयाँ वैकल्पिक शक्तिको उदय। यति छोटो अवधिमा कुनै पनि राजनीतिक पार्टीले प्रत्यक्षतर्फ १६५ मध्ये सात स्थान तथा समानुपातिकतर्फ १०।७ प्रतिशत मत पाउनु चानचुने होइन। जबकि, वर्षौंअघि खुलेका दर्जनौं दलले एक स्थान जित्नु त परको कुरा देशभरि पाएको मत जोड्दा पनि १० हजार कटाउन हम्मे हम्मे परेको देखिन्छ।
     
    वि.सं. २०७० को दशकको सुरुवात मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको निर्माणसँगै सुरु भयो । ०७२ वैशाखको महाभूकम्पको चापकाबीच धेरै जीवन र संरचना भत्काउँदै एउटै कुरा बनाएको थियो(१६ बुँदे सहमति । संविधान त्यसैको आधारमा निर्माण भएको थियो । अनि त्योसँगै मैदानी भूभागमा ६ महिना लामो तनाव पनि भयो। दशक–दशकका पटके आन्दोलनहरूको देशमा यो दशकले पनि क्षेत्रीय आन्दोलनको सौगात पाएको थियो । 

    संविधान जारी भएकै बेला मधेशबाट उठेको आन्दोलनले अपरिपक्व नेतृत्वको कारण भारतीय नाकाबन्दीको मोहरा बनाइन पुगेसँगै त्यसको साख नै धुमिल बन्न पुग्यो । सीके राउतको पृथकतावादी नारा, अनि विप्लवले दिएको अर्को हिंसाको धम्कीको बैठान हुनु पक्कै सुखद थियो । भलै तिनले दिएका नारा आफैंमा हास्यास्पद थिए ।
     
    त्यस अर्थमा यो दशकमा कुनै ठूलो आन्दोलनको तोप त पड्किएन, तर स–साना सामाजिक, सांस्कृतिक, न्यायिक अभियानका छर्राहरू भने फैलिइरहे । प्रविधिको स्क्रिनमा औंला चलाएको भरमा जतिसुकै संसार डुले पनि अन्ततः सडकमा ओर्लिएर आफूलाई अभिव्यक्त गर्नेहरूको महत्व अझै बाँकी छ भन्ने तिनले स्थापित गरे ।
     
    ‘निर्मला पन्तलाई न्याय माग्दा होस् या रुकुम हिंसामा दलित युवाको ज्यान जाँदा नागरिकहरूले देशैभरिबाट बोलेका छन्’ मानवअधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारी भन्छिन्, ‘काठमाडौंभन्दा बाहिरका घटनाहरूले अब देशैभरि प्रभाव पार्न थालेका छन् । मिटरब्याजी पीडितले चलाएको आन्दोलन यो दशकको एउटा सशक्त दृष्टान्त हो ।’

    २०७९ को वैशाखमा भएको स्थानीय तह निर्वाचनसम्म आइपुग्दा यो अराजक मनोवृत्ति कसरी विकास भयो भन्ने उदाहरण काठमाडौँमा नगरप्रमुखका उम्मेदवार बालेन शाहका उच्चकोटीका प्रशंसक हेरे पुग्छ । एउटा प्रतिष्ठित सञ्चारमाध्यमले शाहबारे प्रश्न गर्दा उहाँका प्रशंसकले यसलाई निदान गर्न जरुरी ठानेनन् । उनीहरूले बोकेका अनुहार शतप्रतिशत इमानदार, बफादार, राष्ट्रवादी र यस्ता अनुहारमा खोट देख्नेहरू सोह्रै आना परिवर्तनका विरोधी, पुरातनवादी अनि भ्रष्ट समाजको उत्पादन भनेर उर्लिए । प्रश्नै गर्न रोक्ने र आइन्दा यस्ता प्रश्न गरे नियति नै ठीक नहुने जसरी प्रस्तुत भए ।

     


    images
    images

    Logo