काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष पदको लागि हुने दोस्रो चरणको मतदान सरेको छ । २ बजेदेखि हुने भनिएको निर्वाचन अब ४ बजे हुने भएको छ । पहिलो चरणको निर्वाचनमा रामचन्द्र संघई बाहिरिएपछि दोस्रो चरणमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा चलेको छ।
बस्तुगत, जिल्ला /नगर र एशोसिएट मतदाताबाट मतदान हुनेछ। आजै मतपरिणाम पनि सार्वजनिक हुने भएको छ । पहिलो चरणको निर्वाचनमा बरिष्ठ उपाध्यक्षको लागि अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत र उमेशलाल श्रेष्ठले ३१.४९ प्रतिशत र रामचन्द्र्र संघाइले ३०.१९ प्रतिशत मत ल्याएका थिए ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारको ५० प्रतिशत मतभार नकटेपछि बढि मतभार पाउने २ उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन लागेको हो ।