काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न भनेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो भनेका हुन् ।
उनले उनले काठमाडौंवासीलाई सम्पदा, संस्कृति, कला, सभ्यता चाहिने तर राजनीति नचाहिने पनि उल्लेख गरेका छन् ।
उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस ,कि सिंहदरबार अरु पालिकामा सार्नुहोस ।
हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, सस्कृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।