काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको लागि फेरि मतदान हुने भएको छ । पहिलो चरणको मतदानमा कुनैपनि उम्मेदवारको ५० प्रतिशत मतभार नकटेपछि बढि मतभार पाउने २ उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन लागेको हो ।
पहिलो चरणको निर्वाचनमा बरिष्ठ उपाध्यक्षको लागि अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत र उमेशलाल श्रेष्ठले ३१ं४९ प्रतिशत र रामचन्द्र्र संघाइले ३०.१९ प्रतिशत मत ल्याएका थिए । यो सँगै प्रतिस्पर्धाबाट संघाइ बाहिरिएका छन् ।