images
images

महासंघको एसोशिएटतर्फ संघईलाई सवार्धिक मत 


  • 257
    SHARES
  • २०७९ चैत्र ३० गते बिहीबार

    महासंघको एसोशिएटतर्फ संघईलाई सवार्धिक मत 

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्षको एसोसिएटतर्फको मतगणना सकिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान र मतगणना गरिएको हो ।

    एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको सबै मत गणाम हुँदा रामचन्द्र संघई अगाडी देखिएका छन् । संघाईले कुल १ हजार ६ सय  मत गणना हुँदा ६ सय १३ मत ल्याएका छन् ।

    उनका प्रतिस्पर्धी अन्जन श्रेष्ठले ५ सय ७३ र उमेशलाल श्रेष्ठ ४ सय २६ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतका अनुसार १८ मत बदर भएको छ । महासंघमा जिल्लानगरतर्फ ५० प्रतिशत र वस्तुगततर्फ २० प्रतिशत मतभार हुने गर्छ । एसोसिएटको नतिजाले वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने देखिएको छ ।

    उपाध्यक्षमा जिल्लानगर एसोसिएटतर्फ संघई प्यानलले जितेको छ । वस्तुगततर्फ श्रेष्ठको प्यानलले जितेको छ । अब वरिष्ठ उपाध्यक्षका लागि वस्तुगत र जिल्लाको मतगणना गरिनेछ ।

     


    images
    images

    Logo