भक्तपुर । मदरल्याण्ड स्कुलको वार्षिकोत्सव सम्पन्न भएको छ। नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सवका अवसरमा विद्यार्थी सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम समेत आयोजना गरिएको थियो । करिब ६ सय ८० अभिभावकको उपस्थितिमा मदरल्याण्ड स्कुलले वार्षिकोत्सव मनाएको हो।
गुणस्तरीय शिक्षासंगै अतिरिक्त क्रियाकलापमा समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाउन सफल विद्यालयले भक्तपुर जिल्लामै छुट्टै पहिचान बनाउन सफल भएको छ ।
विद्यालयको वार्षिकोत्सवका अवसरमा विविध विधामा उत्कृष्ट भएकालाई सम्मान, पुरस्कार वितरण गरिएको थियो । पुरस्कार बितरण तथा प्रतिभा प्रस्तुतिकरण कार्यक्रम(२०७९ मा बोल्दै प्रमुख अतिथी हमालले विद्यार्थीलाई गुणस्तरीय शिक्षासंगै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउँदै व्यवहारिक शिक्षा दिनुपर्ने चुनौतीका साथ निजी विद्यालय अघि बढेको बताए ।
भक्तपुरको मदरल्याण्ड स्कूलले शैक्षिक क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको स्मरण गराउँदै ८ सय भन्दा बढी विद्यार्थी पढ्ने मदरल्याण्ड स्कूलले विद्यार्थीको लागि जति मिहिनेत गरेको छ त्यो प्रशंसनीय रहेको हमालको भनाइ थियोे । कार्यक्रममा विशिष्ट अतिथि सूर्यविनायक नगरपालिकाका उप प्रमुख सरिता तिमिल्सिना भट्टराईले सुर्यविनायक नगरपालिकामा मदरल्याण्ड जस्तो उत्कृष्ट विद्यालय हुनु गौरवको कुरा भएको बताइन । शैक्षिक क्षेत्रमा थप प्रगति गर्दै नगरपालिकालाई शैक्षिक गन्तव्यका रूपमन बिकास गर्न आफुहरु लागिपरेको उप प्रमुख भट्टराईको भनाई थियो ।
अर्का विशिष्ट अतिथि नेशनल प्याव्सनका राष्ट्रिय सह–अध्यक्ष सुवास न्यौपानेले भक्तपुर नेशनल प्याव्सनका अध्यक्ष समेत रहेका संजय खड्काको नेतृत्वमा संचालित मदरल्याण्ड स्कुलले विद्यार्थीको क्षमता र प्रतिभालाई बाहिर ल्याउने कार्य गरेका हुनाले अभिभावकले ढुक्क भएर मदरल्याण्ड स्कुलमा भर्ना गर्न आग्रह गरे ।
सूर्यविनायक नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं प्रवक्ता रविन्द्र सापकोटाले मदरल्याण्ड स्कुलको विविध प्रतिभा प्रस्तुति र कार्यक्रमबाट सबैले सिक्नु पर्ने बताउँदै नगरपालिका भित्र संचालित सबै विद्यालयलाई नियमन गरी व्यवस्थित बनाउने कुरामा नगरपालिका लागि परेको बताए ।
कार्यक्रममा सूर्यविनायक वडा नं ८ का वडाध्यक्ष पुष्पराज वस्नेत, नेशनल प्याव्सनका केन्द्रीय सह–कोषाध्यक्ष एवं एम्नेष्टी ईन्टरनेशनल नेपालका पूर्व केन्द्रीय अध्यक्ष विक्रम ढुकुछु, नेशनल प्याव्सनका केन्द्रिय सदस्य तथा ईप्सन भक्तपुर अध्यक्ष जिबी खड्काले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका सदस्य तथा त्रिविका उप प्राध्यापक डा।कृष्ण प्रसाद ग्वाछा, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तबुन्जा श्रेष्ठ, हिसान भक्तपुर अध्यक्ष अनिल कस्पाल, अभिभावक संघ भक्तपुरका अध्यक्ष राम कृष्ण प्रजापति, जिल्ला खेलकूद समितिका अध्यक्ष दिपक थापा लगायतले सम्मान तथा पुरस्कार वितरण गरी मदरल्याण्ड स्कुलको प्रसंशा गर्दै सफलताको शुभेच्छा प्रदान गर्नु भएको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयमा भएको प्रगति र आगामी कार्य योजना सार्वजनिक गरेका थिए । खड्काले शैक्षिक क्षेत्रमा मदरल्याण्डलाई उत्कृष्ट बनाउँदै विद्यार्थीलाई व्यवहारिक ज्ञानका साथै हर क्षेत्रमा अब्बल बनाउन आफू लागि परेको बताउँदै
अभिभावकहरुको अझ दरिलो साथ आवश्यक भएको बताए । बालबालिकालाई समय सापेक्ष शिक्षा प्रदान गर्न र विविध क्षमता प्रदर्शनमा मदरल्याण्ड छुट्टै ब्राण्ड बन्दै गएको खड्काको भनाइ थियो ।
कार्यक्रममा मदरल्याण्ड स्कुलको लागि नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक भित्र्याउने ५८ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी शैक्षिक वर्ष २०७९ मा वर्षभरि विविध विधामा उत्कृष्ट हुने १० विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै कक्षागत प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै प्रिस्कुलबाट अपग्रेड हुने विद्यार्थीलाई मायाको चिनो सहित दिक्षित गरिएको थियो ।
कार्यक्रममा विद्यालयमा १० वर्ष भन्दा बढी सेवा गर्दै आएका शिक्षक तथा कर्मचारीहरु राधेश्याम केसी, राधेश्याम कासुला, सविना केसी, दिलदेवी देउला, रुपा थापा र माया केसीलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नेपाली मौलिक संस्कृति झल्कने आकर्षक नृत्य, गीत तथा नाटकका साथै उसु, कराँते, तेक्वाण्डोका डेमो समेत प्रस्तुत गरेका थिए ।



