काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीन बीमा कम्पनीहरुलाई कारबाही गरेको छ । प्राधिकरणले युनियन लाइफ, प्रभु लाइफ र सिटिजन लाइफलाई कारबाही गरेको हो ।
उक्त ३ कम्पनीहरुलाई प्राधिकरणले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनको पालना नगरेको भन्दै कारबाही गरेको हो । प्राधिकरणका अनुसार तीन वटै कम्पनीलाई २र२ लाख रुपैयाँका दरले जरिवाना गरिएको छ ।