images
images

चुनावको मुखमा अडिओ सार्वजनिक गर्नु पार्टीविरूद्धको षडयन्त्र हो : श्रेष्ठ


  • 245
    SHARES
  • २०७९ चैत्र २९ गते बुधबार

    चुनावको मुखमा अडिओ सार्वजनिक गर्नु पार्टीविरूद्धको षडयन्त्र हो : श्रेष्ठ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले चुनावको मुखमा अडिओ सार्वजनिक गर्नु पार्टीविरूद्धको षडयन्त्र भएको बताएका छन् । 

    बुधबार पत्रकार सम्मेलनमा बोल्दै उनले गत जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु उपनिर्वाचनमा पार्टीलाई हराउनका लागि मात्रै भएको बताएका छन् । 

    ‘यो अडियो केही पनि होइन, यो फसाइएको हो गत जनवरी, फेब्रुअरीमा भएको अडियो, अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो, पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित योजना हो’ उनले भने ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ आफ्नो नभएको र एडिट गरेर बनाइएको पनि उनले दाबी गरेका छन् । ।


    images
    images

    Logo