काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् ।
बुधबार बसेको बढुवा समितिको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवाको लागि सिफारिस गरेको हो । प्रहरी नियमावली, २०७१ संशोधनसहितको नियम २७ को उपनियम ९४० अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको बढुवा समितिले जनाएको छ ।
समतिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीका अनुसार डीआईजीमा सिफारिस हुनेमा कुबेर कडायत, केदार ढकाल, बिष्णु बहादुर के.सी, भरत बहादुर बोहरा, रविन्द्र के.सी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र बिकाश राज खनाल रहेका छन् ।





