images
images

कोरोनाबाट बुधबार पनि मृत्यु, एकैदिन १२१ जनामा संक्रमण


  • 377
    SHARES
  • २०७९ चैत्र २९ गते बुधबार

    कोरोनाबाट बुधबार पनि मृत्यु, एकैदिन १२१ जनामा संक्रमण

    काठमाडौं । कोरोना संक्रमणबाट बुधबार थप एक जनाको ज्यान गएको छ। पछिल्लो २४ घन्टामा थप एक संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ। 

    त्यस्तै पछिल्लो २४ घन्टामा थप १२१ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    मंगलबार तीन महिनापछि एक संक्रमितको मृत्यु भएको थियो। बुधबार ८१ जना कोरोनामुक्त भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ रहेको मन्त्रालयले जनाएको छ।


    images
    images

    Logo