काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाा कायम भएको महासंघले जनाएको छ ।