images
images

बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीलाई उद्योगमन्त्रीको आग्रह


  • 297
    SHARES
  • २०७९ चैत्र २८ गते मंगलबार

    बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीलाई उद्योगमन्त्रीको आग्रह

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । मंगलवार उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् । 

    उनले अहिलेको आर्थिक अवस्था चुनौतिपूर्ण रहेको बताए । उनले निजी क्षेत्रको सहयोग बिना मुलुकमा आर्थिक उन्नती हुन नसक्ने बताए । उनले आर्थिक अवस्थालाई सुदृढ पार्न निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको पनि बताए । 

    उनले भने, ‘अहिलेको चुनातिपूर्ण समयमा छौँ, अहिलेको चुनौति सामना गर्ने कार्य समिति चयन हुनेछ भन्ने हामीले विश्वास छ । आर्थिक अवस्था त्यति साह्रो राम्रो छैन, आयात, निर्यातमा त्यति साह्रो राम्रो छैन । तपाईहरुको सहयो बिना यो मुलुकले आर्थिक समृद्धि पाउन सक्दैन, नेपाल सरकार हरेक कुराको सहयोग गर्न तयार छ । धेरै समस्या छन्, समन्वयका कारण, नियमकानून पेचिलो लागेको हुनसक्छ, नीति तपाईहरुको पक्षमा छ की छैन त्यसमा गुनासो गर्नुभएको छ, त्यसमा सबैले मिलेर काम गर्नुपर्छ । हातेमालो गरेर अघि बढ्नुपर्ने समयको माग छ । म अर्थमन्त्री र प्रधानमन्त्रीज्युलाई भन्न चाहन्छु, मेरो पनि आग्रह छ, यो बैंकको इन्ट्रेस्ट रेट घटाउन प्रधानमन्त्रीज्युले विशेष पहल लिनुहुन्छ भन्ने आग्रह छ ।’ 

    मन्त्री रिजालले मन्त्रालयबीचको समन्वय कम भएको भन्दै प्रधानमन्त्रीले यसको पहल लिन आग्रह गरे । उनले स्वदेशी उत्पादनको प्रयोगलाई पहिलो प्राथमिकता दिने भनेपनि कार्यान्वयन हुन नसकेको बताए । –न्युज एजेन्सी नेपाल 

     


    images
    images

    Logo