images
images

सभामुख निवासमा ३ शीर्ष नेताबीच भयो यस्तो सहमति


  • 305
    SHARES
  • २०७९ चैत्र २८ गते मंगलबार

    सभामुख निवासमा ३ शीर्ष नेताबीच भयो यस्तो सहमति

    काठमाडौं । प्रमुख तीन ठूला दलबीच सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । 

    बालुवाटारस्थित सभामुख देवराज घिमिरेको निवासमा बसेको बैठकमा दलहरुबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषय र प्रक्रियामा पुनः छलफल गर्ने सहमति भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । 

    सो विधेयकलाई अगाडि बढाउने, सदनलाई प्रभावकारी बनाउने विषयमा सभामुख घिमिरेको संयोजनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्षनेता छलफलमा जुटाएका हुन् । 

    शीर्षनेताहरु सङ्घीय संसद्का संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुङ्गो लगाउन सहमत भएकोको उनको भनाइ छ । अर्को बैठक आगामी वैशाख १ गते अपराह्न १ बजे सिंहदरबारमा बस्ने संयोजक अधिकारीले जानकारी दिए । 

    बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए । 

    त्यसैगरी, बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको पनि सहभागिता थियो । 


    images
    images

    Logo