images
images

त्रिविको चेतावनी : नवीकरण नगर्ने क्याम्पसहरुको सम्वन्धन खारेज गर्ने 


  • 179
    SHARES
  • २०७९ चैत्र २८ गते मंगलबार

    त्रिविको चेतावनी : नवीकरण नगर्ने क्याम्पसहरुको सम्वन्धन खारेज गर्ने 

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने क्याम्पसहरुको सम्वन्धन खारेज गर्ने चेतावनी दिएको छ । त्रिविबाट सम्वन्धन प्रदत्त क्याम्पसहरुलाई अत्यन्त जरुरी सुचना जारी गर्दै कतिपय क्याम्पसहरुले हालसम्म पनि नवीकरण गरेको नपाइएको ती कलेजहरूलाई नवीकरण नगर्नुको कारण खुलाउन एक महिना समयसमेत दिइएको हो।

    त्रिविले ती कलेजहरूलाई नवीकरण नगर्नुको कारण खुलाउन एक महिना समयसमेत दिएको छ। नवीकरण हुनुको कारण खुलाएर २०८० वैशाख मसान्तभित्र जानकारी गराउनसमेत त्रिविले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ।

    सम्बन्धित क्याम्पसहरूले डीन कार्यालयमा निवेदन दिन सक्नेछन्। नवीकरण भएका क्याम्पसहरूले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्छन्। नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ। 

    नवीकरण भएका क्याम्पसहरूको विवरण त्रिविले आफ्नो वेबसाइटमा राखिएको पनि जनाएको छ।


    images
    images

    Logo