काठमाडौं । ५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गर्दा कुनै पनि बैंक तथा वित्तिय संस्थाले शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै यस्तो बताएको हो ।
यस्ता कर्जा अग्रिम भुक्तानीमा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा उक्त संस्थामा उपलब्ध गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न सकिने बैंकले जनाएको छ ।
उक्त संस्थाबाट गुनासो सुनुवाई नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गराउनसमेत नेपाल राष्ट्र बैंकले आग्रह गरेको हो।
