काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख ९ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।
सोमबार प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ३ रुपैयाँले बढेर १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।