images
images

प्रभु बैंकको २५ लाख कित्ता संस्थापक शेयर विक्रीमा


  • 297
    SHARES
  • २०७९ चैत्र २८ गते मंगलबार

    प्रभु बैंकको २५ लाख कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । प्रभु बैंकले करिब २५ लाख कित्ता संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले ४ जना संस्थापकको नाममा रहेको कुल २५ लाख ७ हजार ४ सय २९ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य समेत खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन बैंकले अनुरोध गरेको छ ।

    साथै, तोकिएको समयमा पूर्ण रुपमा आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ । 

    बैंकका संस्थापक शेयर बेद्बन चाहाने शेयरधनीहरुमा तारा प्रसाद भट्टराईको नाममा रहेको ५ लाख ७० हजार १८३ कित्ता, इसान भट्टराईको २ लाख २८ हजार ३ कित्ता, रञ्जना उदासको ५० हजार कित्ता र गणपति वनस्पति प्रालीको १६ लाख ५९ हजार २४३ कित्ता रहेकाे छ।


    images
    images

    Logo