images
images

राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालको अध्यक्षमा जगत बहादुर भट्टराई


  • 462
    SHARES
  • २०७९ चैत्र २८ गते मंगलबार

    राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालको अध्यक्षमा जगत बहादुर भट्टराई

    काठमाडौं । राष्ट्रिय आयुर्बेद एशोसिएसनको अध्यक्षमा जगत बहादुर भट्टराई नियुक्त भएका छन् । एशोसिएनको प्रथम साधारणसभा तथा महाधिवेशनले भट्टराईलाई चयन गरेको हो । 

    एशोसिएसन नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउत, उपाध्यक्ष (पुरुष)मा बालगोपाल श्रेष्ठ, उपाध्यक्ष (महिला)मा सरिता भण्डारी, उपाध्यक्ष (कोशी प्रदेश) मा डा.सञ्जिव कुमार यादव चयन भएका छन् ।

    त्यस्तै, उपाध्यक्ष (मधेस प्रदेश) मा संजय कुमार प्रसाद, उपाध्यक्ष (बाग्मती प्रदेश) दिल बहादुर श्रेष्ठ, उपाध्यक्ष (गण्डकी प्रदेश) मा डा.प्रफुल्ल चन्द्र यादब, उपाध्यक्ष (लुम्बिनी प्रदेश) मा शालिक राम भुसाल, उपाध्यक्ष (कर्णाली प्रदेश) मा डा. शंकर प्रशाद रिजाल, उपाध्यक्ष (सुदुरपश्चिम प्रदेश) मा लोकराज भट्ट चयन भएका छन् ।

    त्यसैगरी महासचिवमा हृदय नारायण चौधरी, सचिब (पुरूष) मा नारायण खतिवडा, सचिब (महिला) जयन्ती सिवाकोटी, कोषाध्यक्षमा सपना खत्री र सह–कोषाध्यक्षमा राम बाबु यादव चयन भएका छन् ।

    सभाले खुल्ला सदस्यहरुमा किरण न्यौपाने, डा. विवेक गुप्ता, डा. राम पुकार यादव, सदस्य (खस आर्य)मा गीता देबी दाहाल, सदस्य (मधेसी) मा ईन्द्रजित कुमार यादव, सदस्य (महिला) मा आरती कुमारी चौधरी, सदस्य (दलित) मा धर्विन्द्र बहादुर सार्की, सदस्य (जनजाती) मा ओमराज लिम्बू रहेका छन् ।

    क्रान्ती भट्टराई संयोजक तथा डा। शंकर गौतम, नरबहादुर ठकुरिब, डा. चन्द्रनारायण झा र महेन्द्रराज बज्राचार्य सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयनको भूमिका निर्वाह गरेको थियो ।


    images
    images

    Logo