images
images

यस्ता छन् बोर्डका अध्यक्ष हमाललाई शेयर लगानीकर्ता संघहरुले बुझाएको १० बुँदे माग 


  • 218
    SHARES
  • २०७९ चैत्र २७ गते सोमबार

    यस्ता छन् बोर्डका अध्यक्ष हमाललाई शेयर लगानीकर्ता संघहरुले बुझाएको १० बुँदे माग 

    काठमाडौं । शेयर लगानीकर्ता संघहरुले आज नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई १० बुँदे माग बुझाएका छन् ।  नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा बोर्ड अध्यक्ष हमाललाई १० बुँदे मागपत्र बुझाएका हुन्।

    नेपालको पुँजीबजारको इतिहासमा सबैभन्दा बढि पुँजीकृत रकम १५ खर्ब रुपैयाँको हाराहारी भन्दा बढि गुमाईसक्दा पनि सम्बन्धित निकायहरू मौन रहनाले ५५ लाख भन्दा बढि लगानीकर्ता मर्माहत भएको संघहरुले जनाएको छ । 

    बजारको यस विषम परिस्थितिमा एक आपसमा हातेमालो गर्दै अगाडि बढ्न लगानीकर्ताहरूको निम्न मागहरू सम्बोधन गरिदिन संघहरुले आग्रह गरेका छन्। इन्भेष्टर फोरमका तर्फबाट अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघका तर्फबाट सुदुरपश्चिम संयोजक कुरा थपाले संयुक्त रुपमा बोर्ड अध्यक्ष हमाललाई माग पत्र बुझाएका हुन् ।

    यस्ता छन् मागहरु : 
     
    १. केहि समय अगाडी नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरूको प्रमुख मागको रुपमा रहेको नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेन्ज थप्ने प्रक्रिया प्रारम्भ भएकोमा सम्मानित सर्वोच्च अदालतमा रिट परी रोकिएको अवस्थामा धितोपत्र बोर्डका अध्यक्ष श्री रमेश कुमार हमालज्यू र लगानीकर्ताहरूको संयुक्त प्रयासमा उक्त रिट नै खारेज भएको हुनाले नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेञ्ज लाईसेन्सको काम यथासिघ्र प्रकृयामा लगि पूरा गरियोस ।

    २. लगानीकर्ताहरूको बढ्दो शेयर खरिद विक्री लागतलाई न्यूनिकरण गर्न हाल रहेको महंगो ब्रोकर कमिसन तिर्दै आएकोमा बढिमा ०.१५ प्रतिशतबाट नबढ्ने गरी कमिसन दर तत्काल पुनरावलोकन गरियोस ।

    ३. डि. पी. चार्ज रकम २५ रुपैयाँ कायम भईरहेको अवस्थामा उक्त रकम पुनरावलोकन गरी बढिमा ५ रुपैयाँकायम गरियोस ।

    ४. दीर्घकालिन लगानीकर्ता र अल्पकालिन लगानीकर्ताको वर्गिकरण गरी दीर्घकालको लागि ३ प्रतिशत र अल्पकालको लागि ५ प्रतिशत पूँजीगत लाभकर कायम गरियोस् ।

    ५. दोश्रो बजारमा हुने अस्वाभाविक उतार चढावलाई न्यूनीकरण गर्न मार्केट मेकर, मार्केट डिलर, धितोपत्र व्यापारी तथा संख्यागत लगानीकर्ताहरूलाई छिटो भन्दा छिटो बजार प्रवेशको वातावरण श्रृजना गर्नु पर्ने ।

    ६. Option trading, Future market, Intraday market र Short sale को कारोबार गर्ने व्यवस्था तत्काल लागु गरियोस् ।

    ७. KYC डिजिटल सुरु गरी भौतिक KYC को अन्त्य गरियोस् ।

    ८. ब्रोकर कम्पनी मार्फत सुरु गर्ने भनिएको Margin Landing व्यवस्था अविलम्ब सुचारु गरियोस् ।

    ९. नेपाल राष्ट्र बैंकले ल्याएको शेयर कर्जाको सिमा १२ करोड लागु गरिएकोमा उक्त १२ करोडको नीतिलाई तत्काल खारेजी गर्न विशेष पहल गरियोस् ।

    १०. नेपाल राष्ट्र बैंकले ल्याएको शेयर कर्जाको भारित औषत दर १००% नै कायम गर्न विशेष पहल गरियोस् ।

     


    images
    images

    Logo