images
images

प्रमुख प्रशासकीय अधिकृत गुप्ताविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा दायर


  • 235
    SHARES
  • २०७९ चैत्र २७ गते सोमबार

    प्रमुख प्रशासकीय अधिकृत गुप्ताविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता विरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सेवामा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा आयोगले ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गुप्ताविरुद्ध डेढ करोड रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    अख्तियारले आइतबार गुप्ताविरुद्ध १ करोड ४९ लाख ९७ हजार ८ सय ६४ रुपैयाँ बिगो, त्यति नै जरिवाना, २ वर्ष कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेको हो । अख्तियारले गुप्ताको स्रोत नखुलेको सम्पत्तिबाट बढेरबढाइएको सबै चलअचल सम्पत्ति पनि जफत हुने मागदाबी गरेको छ ।

    आरोपित गुप्ताविरुद्ध परेको उजुरीमा अनुसन्धान गर्दा आम्दानीभन्दा बढी खर्च गरेको देखिएको र खर्च भएको रकमको स्रोत प्रतिवादीले पुष्टि गर्न नसकेपछि तथ्य र प्रमाणमा खुलेबमोजिम बिगो, कैद र जरिवाना तथा स्रोत नखुलेको सम्पत्ति जफत गर्ने गरी अदालतमा मुद्दा दायर गरिएको हो । 

     

     


    images
    images

    Logo