images
images

भक्तपुर महोत्सव : ५ दिनमा २ करोडको कारोवार


  • 222
    SHARES
  • २०७९ चैत्र २७ गते सोमबार

    भक्तपुर महोत्सव : ५ दिनमा २ करोडको कारोवार

    भक्तपुर । नयाँवर्ष २०८० तथा भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अवसरमा आयोजित भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा सहभागिको संख्या उख्खेख्य संख्यामा बढ्दै गएको छ । 


    औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा आयोजित महोत्सवमा पहिलो पाँच दिनमा करिव दुई करोड रुपियाँको कारोवार हुनुले पनि महोत्सवमा सहभागिको संख्या बढेको बुझ्न गाह्रो पर्दैन । अरनिको राजमार्गसंगै सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी जग्गामा जारी महोत्सवमा २ सय भन्दा बढी स्टल छन् । 

    औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार, महोत्सवका क्रममा सम्पूर्ण स्टलबाट पाँच दिनमा करिब २ करोड रुपैंया कारोवार भएको छ । स्टलहरुमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्री, खाद्यान्न, लत्ताकपडा, सवारी साधानलगायतका स्टलहरु रहेका छन् ।

    ती सामाग्रीमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको  अध्यक्ष महतको भनाई छ । पाचौं दिनसम्म आम सर्वसाधरणको महोत्सवमा उल्लेखनीय सहभागीता रहेको र धेरै अवलोकनकर्ताहरु अधिकांश स्टलमा गएर उत्सुकतासाथ अवलोकन गरेको महतले बताए । 

    महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दैनिक दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहेको औद्योगिक शान्ति नेपाल संस्था अध्यक्ष महतले बताए ।
     
    मेलामा प्रवेश गर्न ५० र ७० रुपियाँ तोकेकोमा विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको छ । महोत्सव २०८० साल बैशाख ३ गतेसम्म आयोजना हुने मेला आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए ।


    images
    images

    Logo