काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
आईतबार प्रतितोला १ लाख १० हजार रुपैयाँ रहेको सुनको मूल्य आज ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४ सय ३० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।