images
images

पूँजीगत खर्च आन्तरिक र बाह्य ऋणमा निर्भर रहनुपर्ने अवस्था छ : अर्थमन्त्री डा. महत


  • 212
    SHARES
  • २०७९ चैत्र २७ गते सोमबार

    पूँजीगत खर्च आन्तरिक र बाह्य ऋणमा निर्भर रहनुपर्ने अवस्था छ : अर्थमन्त्री डा. महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संकलित राजस्वले साधारण खर्च नपुग्ने अवस्था सिर्जना भएको बताएका छन् । आर्थिक मिडिया सञ्चालकसँगको भेटमा अर्थमन्त्री डा. महतले सो कुरा बताएका हुन् ।

    महतले भने, ‘पूँजीगत खर्चमा आन्तरिक र बाह्य ऋणमा निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको छ ।’ आर्थिक मिडिया सञ्चालक संघको  टोलीसंगको भेटमा अर्थमन्त्री डा. महतले आर्थिक वृद्धिदरको सूचांक धेरै निराशाजनक नभए पनि माग र आपूर्ति समस्या, लगानीकर्ताका आफ्नै समस्या, व्याजदरको समस्या, पूँजी बजारको समस्याका कारण आर्थिक सूचकांक खुम्चने  देखिएको बताए । 

    परिस्थितिजन्य केही अप्ठ्यारा छन्, ती अप्ठ्यारा सामना गर्न आफू लागि पर्ने  अर्थमन्त्री डा। महतले बताए ।अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक मिलेर नकरात्मक सूचांकलाई सकरात्मक दिशामा फर्काउन सकिनेमा आफू विश्ववस्त रहेको डा। महतको भनाइ थियो । 

    ‘साधारण खर्चलाई संयमित ढंगले उपयोग गर्ने नीति सरकारले लिएको बताउँदै मन्त्री महतले अप्ठ्याराहरु छिचोल्दै समस्या समाधानमा गम्भीर ढंगले लाग्ने बताए ।


    images
    images

    Logo