images
images

रास्वपाका सांसद श्रेष्ठले २ करोड मागेको अडियो बाहिरिएपछि यस्तो भने रविले


  • 257
    SHARES
  • २०७९ चैत्र २६ गते आइतबार

    रास्वपाका सांसद श्रेष्ठले २ करोड मागेको अडियो बाहिरिएपछि यस्तो भने रविले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र  अख्तियारमा निवेदन दिने बताएका छन्  ।  

    आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै पार्टी सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने बताएका हुन् । 

    उनले भने, “पार्टीभित्र छानबिन हुँदैछ, त्यसबीचमा सांसद श्रेष्ठलाई कानुनी कारबाहीमा ल्याउन अनुसन्धानका लागि प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिनेछौ ।”


    images
    images

    Logo