सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीले राजीनामा दिएका छन् । एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले आइतबार राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल रहेका छन् । मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन् ।
केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार सरकारमा रहेको थियो । गत १७ चैत्रमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले केन्द्रीय गठबन्धन अनुसार नै अघि बढ्ने उद्देश्यसहित सरकारलाई विश्वासको मत दिएको थियो ।
एमाले बाहिरिएसँगै नयाँ समीकरण अनुसार सरकार गठनको बाटो खुलेको छ। कांग्रेस माओबादी सहमति अनुसार वर्तमान मुख्यमन्त्री शर्माले साढे २ वर्ष रहने र त्यसपछि कांग्रेस संसदीय दलका नेता जीवन शाही नेतृत्वमा सरकार गठन हुनेछ ।



