images
images

नक्कली फेसबुक आईडी बनाई ६० लाख ठगी गरेको आरोपमा १ जना पक्राउ


  • 298
    SHARES
  • २०७९ चैत्र २६ गते आइतबार

    नक्कली फेसबुक आईडी बनाई ६० लाख ठगी गरेको आरोपमा १ जना पक्राउ

    काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।  पर्वत मोदी गाउँपालिका-२ घर भएका  विश्व शर्मालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

    फेसबुक अकाउण्ट खोलेर साथी बनाउँदै प्रेमको कुरा गर्दै पटक(पटक विभिन्न बाहनामा रकम मागेको शर्मामाथि आरोप छ।

    सामाजिक सञ्जाल फेसवुकमा महिलाको नक्कली प्रोफाइल बनाई साथी बन्न सन्देश पठाएपछि उक्त अनुरोधलाई स्वीकार गरी वार्तालाप गर्दै जाँदा माया प्रेमको कुराकानी गर्नुका साथै विभिन्न बहाना बनाई पटक(पटक रकम माग गरेकोले विभिन्न बैङ्क खाताहरुबाट बैंङक खाताहरु तथा डिजिटल वालेटहरु मार्फत करिब ६० लाख रुपैयाँ पठाइ सक्दा समेत थप रकम माग गरेको भन्ने उजुरीको आधारमा साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले ठगीमा संलग्न उनलाई पर्वत मोदी गाउँपालिका-२ बाट पक्राउ गरेको हो ।

    उनी उपर सामाजिक सञ्जाल दुरुपयोग गरी ठगी अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।


    images
    images

    Logo