images
images

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बित


  • 376
    SHARES
  • २०७९ चैत्र २६ गते आइतबार

    रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बित गरेको छ । श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको हो।

    रास्वापाबाट समानुपातिक सांसद रहेका श्रेष्ठले दुर्गा प्रसाईंसँग आर्थिक लेनदेन गरेको अडियो बाहिर आएको थियो ।अडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् । 

    रास्वपाको पदाधिकारी बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी श्रेष्ठलाई कारबाही गरेको छ । 


    images
    images

    Logo