images
images

हेटौँडाका उद्योगमा साढे २ अर्ब विद्युत वक्यौता अनलाइनमा राख्न बाँकी


  • 342
    SHARES
  • २०७९ चैत्र २६ गते आइतबार

    हेटौँडाका उद्योगमा साढे २ अर्ब विद्युत वक्यौता अनलाइनमा राख्न बाँकी

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका  उद्योगले २ अर्ब ५५ करोड ५२ लाख ८२ हजार ८ सय ४९ रुपैयाँ बुझाउन बाँकी छ । लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत चालु आर्थिक वर्षको हालसम्म ती उद्योगबाट महुसुल नबुझाइएको उक्त केन्द्रले जनाएको छ । 

    केही उद्योगविरुद्ध महशुलसम्बन्धी मुद्दासमेत चलिरहको छ भने महसुल नतिर्ने ५ सय ४२ उद्योगलाई कालो सूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ । कालोसूचीमा परेका केही ग्राहकबाट  कारबाहीस्वरुप ७९ हजार २ सय ४१ रुपैयाँ सङ्कलन भएको बताइएको छ । चालु आर्थिक बर्षको  हालसम्म ५ हजार रुपैयाँ भन्दा बढी विद्युत् महसुल नतिर्ने ९ सय ७३ ग्राहकको लाईन काटेर कारबाही गरिएको केन्द्रका प्रमुख नरेन्द्रवीर श्रेष्ठले जानकारी दिए ।

    कारबाहीमा परेपछि ६ सय १७ जनाले जरिवाना तिरेर निवेदन दिएकाले लाइन जोडिएको र त्यसबाट २ करोड ५३ लाख ९५ हजार रुपैयाँ महसुल सङ्कलन भएको  जनाइएको छ । हेटौँडामा ७२ हजार ६ सय ९४ ग्राहक रहेकामा वितरण केन्द्रले मासिक १९ करोड १७ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको विद्युत् विक्री गर्दे आएको र १८ करोड ६ लाख १२ हजार रुपैयाँ महसुलबापत  राजस्व सङ्कलन हुँदै आएको छ । साथै विद्युत् प्राधिकरणको पोल प्रयोग गरेबापत विभिन्न छ वटा इन्टरनेट कम्पनीले ५३ लाख ५० हजार रुपैयाँ राजस्वसमेत बुझाएको बताइएको छ ।
     
    यसैबीच ग्रामीण विद्युतीकरणअन्तर्गत जिल्लाका हेटौँडा उपमहानगरपालिकालगायत वकैया, राक्सिरागङ, मकवानपुरगढी, कैलाश, भीमफेदी गाउँपालिकाका साथै अन्य गाउँपालिकाको ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण थालिएको वितरण केन्द्रका इञ्जिनियर सन्तोष चौहानले वताए ।

     सो कार्यका लागि १८ करोड रुपैयाँभन्दा बढी बजेट छुट्याइएकामा कतिपय स्थानमा  काम सम्पन्न भइसकेको छ भने कतिपय स्थानमा  कार्य भइरहको बताइएको छ । मनहरिमा विद्युत् सवस्टेशन निर्माण प्रक्रियासमेत अगाडि बढेको जनाइएको छ ।


    images
    images

    Logo