पोखरा । हेली एभरेस्ट एयरको हेलिकप्टर धौलागिरि बेसक्याम्प नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । हेलिकप्टरमा सवार पाइलट भने जीवितै फेला परेका छन् ।
बिहान ११ बजेबाट सम्पर्कविहीन भएको उक्त हेलिकप्टर धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हेलिकप्टरमा एक जना पाइलट मात्रै रहेका र उनी सकुशल फेला परेका छन् ।