काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले आइतबार पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।
राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त पोखरेल कांग्रेसनिकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् । पोखरेल विगत ३ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । राष्ट्रपति पौडेलले प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिसकेका छन् ।
राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा बाबुराम कुँवर, परराष्ट्र सल्लाहकारमा डा सुरेशचन्द्र चालिसे, आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल, निजी सचिवमा चिरञ्जीवी अधिकारी यसअघि नियुक्त भएका थिए ।