images
images

महानगरले जारी गर्यो विद्यालयहरुका लागि यस्तो सूचना


  • 246
    SHARES
  • २०७९ चैत्र २६ गते आइतबार

    महानगरले जारी गर्यो विद्यालयहरुका लागि यस्तो सूचना

    काठमाडौं । अब विद्यालयहरुले आफैले पाठ्यपुस्तक तथा स्टेशनरी विक्री गर्न नपाउने भएका छन् । महानगरले आइतबार सूचना जारी गर्दै विद्यालयको पोशाक पनि तोकिएके स्थानमा मात्रै निन्पर्ने बध्यता हटाउन निर्देशन दिएको हो । 

    विद्यालयल आफैँले पाठ्यपुस्तक तथा स्टेशनरी विक्री गर्न नपाउने र  विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने उक्त सूचनामा उल्लेख छ । 

    विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेकाले महानगरले सो सूचना जारी गरेको हो । 

    यदी नियम उलङ्घन गरेमा कानून बमेजिम कारबाही गरिने र त्यसको जिम्मेवारी सम्बन्धीत प्रिन्सिपलले लिनुपर्ने समेत महानगरले जनाएको छ । 

    mahanagar.jpg


    images
    images

    Logo