images
images

हटेन कोटेश्वरको जाम, यस्ता छन् जाम हटाउने तीन बिकल्प ?


  • 224
    SHARES
  • २०७९ चैत्र २६ गते आइतबार

    हटेन कोटेश्वरको जाम, यस्ता छन् जाम हटाउने तीन बिकल्प ?

    काठमाडौं । भक्तपुर र त्यस पुर्वबाट काठमाडौं प्रवेश गर्ने मुख्य नाका कोटेश्वरको जामले सबैलाई पिरोल्दै आएको छ । अझ बी.पी. राजमार्गहुंदै पुर्ववाट आउनेहरु जामका कारण थप समस्यामा पर्दै आएका छन् । तर, त्यति हुँदापनि सरकारसंग जामको समाधान गर्ने योजना भने वर्षौदेखि कागजमै सीमित बनेको छ । 

    कोटेश्वरको जाम हटाउन फ्लाइओभर र अन्डरपास निर्माण हुने चर्चा चार–पाँच वर्षदेखि चलेपनि योजना अघि बढ्न नसकदा दैनिक हजारौ सवारी साधन जाममा पर्दै आएका छन् ।जामका कारण समयमा गन्तव्यमा नपुग्दा सबै भन्दा बढी मार बिरामीलाई पर्दै आएको छ । 

    जामको समस्या समाधानका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका र नेपाल सरकारले आ–आफ्नै हिसाबले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारिसके पनि सरकारले निर्णय नगर्दा योजना त्यतिकै अलपत्र परेको हो । काठमाडौंमा ट्राफिक सुधारका लागि अध्ययन गर्न आएको जाइकाको टोलीले कोटेश्वरका लागि सुरुङमार्ग, फ्लाईओभरसहित तीनवटा विकल्प दिएपनि सरकारले हालसम्म ती विकल्पका विषयमा निर्णय नलिंदा जाम कहिलेसम्म खेप्नुपर्ने हो, टुंगो नभएको भक्तपुरका शन्तोष बोगटी बताए ।

    दैनिक १ लाख २० हजारबढी गाडी गुड्ने सो सडक काठमाडौं उपत्यककै सबै भन्दा बढी जाम हुनेमा पर्छ । कोटेश्वरमा अन्डरपाससहितको फ्लाइओभर निर्माण गर्ने योजना यसअघिकै सरकारले ल्याएको थियो । तीनकुने–सूर्यविनायक छ लेनको सडक निर्माण गरेको जाइकाले यहाँ अन्डर पास निर्माण गर्न चासो नदेखाएको पनि होइन, तर, सरकारले वास्ता नगरेकै कारण समस्या ज्युका त्यु छ । 

    सरकारलाई प्राप्त तीन बिकल्पमध्ये पहिलो विकल्पमा भक्तपुरतिर जाने सडकको मुनी रिङरोडमा सुरुङमार्ग निर्माण गर्ने रहेको छ । बानेश्वर र तिनकुनेबाट सूर्यविनायक (भक्तपुर) जाने सडकलाई अहिलेकै अवस्थामा राखेर केहि चौडा बनाइने उल्लेख छ । त्यसको मुनिबाट सोही रुट हुँदै बालकुमारीतिर निस्कने रिङरोडमा सुरुङमार्ग हुनेछ ।

     त्यहाँ १ हजार १ सय ४० मिटर लम्बाईका दुई वटा छुट्टाछुट्टै सुरुङमार्ग निर्माण गरिने उल्लेख छ । सो योजनाका लागि करिब २४ अर्ब रुपैयाँ खर्च लाग्ने र चार वर्षमा काम सम्पन्न हुने प्रतिवेदनमा उल्लेख छ ।

    दोस्रो विकल्पमा तीनकुनेबाट बालकुमारीतिर जाने रिङरोडमा करिब १ हजार ३ सय २० मिटर लामो फ्लाइओभर निर्माण गर्ने उल्लेख छ । सो बिकल्पमा भक्तपुरतिर जाने सडकलाई अहिलेकै अवस्थामा राखेर अझ फराकिलो बनाइने उल्लेख छ । सो योजनाका लागि ९ अर्ब ९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । 

    तेस्रो विकल्प भक्तपुरतिर आउन र जानका लागि दुईवटा सुरुङमार्ग निर्माण गरिने उल्लेख छ । अहिलेको रिङरोडलाई अहिलेकै अवस्थामा संचालन गरिनेछ । सो सुरुङमार्ग १ हजार ८ सय ६० मिटर लामो हुने र त्यसका लागि २४ अर्ब ६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।


    images
    images

    Logo