images
images

अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो


  • 320
    SHARES
  • २०७९ चैत्र २६ गते आइतबार

    अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो

    काठमाडौं । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो ।

    मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट  ४० करोड ६१ लाख १८ हजार रुपैयाँ मूल्य बराबरको १ करोड २५ लाख ४७ हजार ६ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ ।

     गत आर्थिक बर्ष २०७८/७९ को सोही आठ महिनाका अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट १७ करोड १७ लाख २१ हजार रुपैयाँ मूल्य बराबरको ५३ लाख ७४ हजार ५ सय केजी अदुवा र सुठो भारत निकासी भएको थियो । उक्त आर्थिक बर्षको १२ महिनामा भने ३२ करोड ५४ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको १ करोड १ लाख ७८ हजार १ सय ५० केजी अदुवा र सुठो भारत निकासी भएको थियो ।

    यसैगरी चालु आर्थिक बर्ष २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना) मा नेपालबाट ५ अर्ब ८४ करोड ४६ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको ७२ लाख २१ हजार ३ सय ७४ केजी अलैँची भारत निर्यात भएको छ । गत आर्थिक बर्ष २०७८/७९ को सोही ८ महिनाको अवधिमा नेपालबाट ३ अर्ब २२ करोड २७ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैँची भारततर्फ निकासी भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । उक्त आर्थिक बर्षको १२ महिनामा भने ४ अर्ब ७६ करोड ४३ लाख ८६ हजार मूल्य बराबरको ५२ लाख ८० हजार ४ सय ४२ केजी अलैँची भारत निकासी भएको थियो ।

    मेची भन्सार कार्यालयले जनाएअनुसार चालु आर्थिक बर्ष २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट १ अर्ब १० करोड ९१ लाख रुपैयाँ मूल्य बराबरको ३ करोड ६८ लाख ६८ हजार ६ सय छ क्युविक फिट प्लाइउड भारत निर्यात भएको छ । गत आर्थिक बर्ष २०७८/७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट २९ करोड ७ लाख ४ हजार रुपैयाँ मूल्य बराबरको ४ लाख ६४ हजार ४ सय ५८ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो । उक्त आर्थिक बर्षको १२ महिनामा भने १० करोड ८० लाख ५२ हजार रुपैयाँ मूल्य बराबरको २४ लाख ५० हजार आठ सय २२ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो ।

    पूर्वी पहाडका जिल्लामा अलैँची र अदुवाको खेती हुने गरेको छ भने प्लाइउडका कारखाना अधिकांश यहाँ जिल्लामा रहेका भएता पनि यसको कच्चा पदार्थका रूपमा प्रयोग हुने रुखहरू भने पहाडी जिल्लाबाटै आउने गरेको छ ।


    images
    images

    Logo