images
images

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने सुब्बा पक्राउ


  • 244
    SHARES
  • २०७९ चैत्र २४ गते शुक्रबार

    वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने सुब्बा पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति अधिकारी रहेका छन् ।

    वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि आज नासु अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक डा मनोज केसीले बताए । 

    उनले भने, “वैदेशिक रोजगारीमा मृत्यु भएका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका ६ जना पक्राउ गरी आज सार्वजनिक गरेपछि उनीहरुले दिएको बयानका आधारमा हामीले अधिकारीलाई पक्राउ गरेका हौं ।” अधिकारीसहित सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको वरिष्ठ प्रहरी उपरीक्षक डा केसीले जानकारी दिए । 


    images
    images

    Logo