images
images

आगामी आर्थिक वर्षको बजेटको मस्यौदा लेखन ६ सदस्यीय समिति गठन


  • 249
    SHARES
  • २०७९ चैत्र २४ गते शुक्रबार

    आगामी आर्थिक वर्षको बजेटको मस्यौदा लेखन ६ सदस्यीय समिति गठन

    काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट लेख्ने टिमको टुंगो लगाएको छ ।मन्त्रालयले  बजेट मस्यौदा लेखनको औपचारिक सुरुवात गर्दै ६ सदस्यीय समिति गठन गरेको हो ।

    मन्त्रालयले सहसचिव भुपाल बराल संयोजक रहने गरी समिति बनाएको छ । जसमा सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन् ।

     हरेक आर्थिक वर्षको आय व्यय विवरण आर्थिक वर्ष सुरु हुनु भन्दा डेढ महिना अघि अर्थात जेठ १५ गते ल्याउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार बजेट ल्याउनका लागि बजेटको मस्यौदा लेखन समितिको गठन गरेका हुन ।


    images
    images

    Logo