images
images

‘सहकारीलाई सही ट्रयाकमा ल्याउनुपर्छ’


  • 226
    SHARES
  • २०७९ चैत्र २४ गते शुक्रबार

    ‘सहकारीलाई सही ट्रयाकमा ल्याउनुपर्छ’

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।  

    राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा यहाँ जारी ‘तेस्रो सहकारी सम्मेलन’मा कार्यपत्र प्रस्तुत गर्दै उहाँले सहकारी विस्तार भएका ठाउँमा आर्थिक, सामाजिक सुधार भएको छ भने । 

    मानव विकास सूचाङ्कमा सुधार ल्याउन पनि सहकारीले उल्लेख्य योगदान दिएको उनको भनाइ थियो । सचिव रेग्मीले भने, “सहकारी क्षेत्रले नेतृत्व विकासमा समेत टेवा पुर्याएको छ, स्वरोजगार, उद्यमशीलतामा समेत विशेष योगदान पुगेको छ, सहकारीको माध्ययबाट उत्पादन वृद्धि गरेर आयात कम गराउन पनि सहकारीले भूमिका खेलेको छ ।” 

    पूर्वसचिव गोपीनाथ मैनालीले स्वनियमन प्रभावकारी भएमा मात्र सहकारीमा सुशासन आउने जनाउँदै व्यवस्थापन, सञ्चालनको गुणस्तर सेवा, बाह्य पक्ष, चेक एन्ड ब्यालेन्स लगायतमा विशेष जोड दिनुपर्ने बताए । 

    ‘भित्रैको मान्छेले समस्या देख्ने भएकाले स्वनियमन महत्वपूर्ण हुन्छ, ‘सदस्य नै ठूलो नियमक भएकाले चासो राख्नुपर्छ, नियमन गर्नुपर्छ, लेखा सुपरीवेक्षण समिति सक्रिय भएमा पनि सहकारी बचाउ अभियान चलाउनु नपर्ने हुन्छ ।” काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा विनोदकृष्ण श्रेष्ठले बिगे्रका सहकारीलाई सही ट्र्याकमा ल्याउनुपर्नेमा जोड दिँदै स्वनिमन मात्र नभई नियमन पनि आवश्यक रहेको बताए । 

    राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक डिबी बस्नेतले सरकारले १० अर्ब सहुलियत ऋण दिएमा तरलता अभाव हटाउन सकिने बताए । राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष केशवप्रसाद बडालले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए । 


    images
    images

    Logo