images
images

भेटेरेनरी अस्पतालका कर्मचारीले ४ महिनादेखि तलब पाएनन्


  • 206
    SHARES
  • २०७९ चैत्र २४ गते शुक्रबार

    भेटेरेनरी अस्पतालका कर्मचारीले ४ महिनादेखि तलब पाएनन्

    काठमाडौं । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत ४ महिनादेखि तलब छैनन् ।

    कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी कार्यरत रहेका छन् । कर्मचारीले गत पुसदेखि हालसम्म तलब सुविधा नपाएको  गुनासो गरेका छन् । बागमती प्रदेशको लेखा नियन्त्रक कार्यालयले सो कार्यालयमा लेखापाल तोकेर नपठाउँदा कर्मचारीले तलब नपाएको कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले बताए ।

    साथै लेखापाल नहुँदा कर्मचारीको तलब निकासा, भेटेरेनरी औषधि खरिद, आर्थिकरूपले कार्यालय सञ्चालन तथा व्यवस्थापन, इन्धन खरिद र बर्डफ्लुबाट पीडित किसानले पाउनुपर्ने क्षतिपूर्तिसमेतमा बाधा पुगेको सो कार्यालयले जनाएको छ ।

    कार्यालय प्रमुख डा ठाकुरले लेखापाल नभएकाले आर्थिक कारोबार गर्न समस्या भएको भन्दै प्रदेश लेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखी पठाएको बताए । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले लेखापालको अभावमा समस्या आएको र त्यसका लागि पहल भइरहको जानकारी दिए ।


    images
    images

    Logo