काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मुल्य प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।